Monday, May 27, 2013

मेरा कामरेडको देश

शिशिर यामको स्पर्ससंगै  सुस्ताएकी सेती थिचोलेर
भावाना को आन्तरंगामा आशाको दियो बोकेर
 म आईपुगे कामरेड 
म आईपुगे कामरेड सीङ दरबारमा

आनगिन्ति सवारीले भरिएका लामा फाट जस्ता सडकमा
म आल्मलिए, हो म आल्मलिए कामरेड
मुस्कुराई रहेका प्रजोलित गगन चुम्बी भवनहरुले
म  सल्बलिए, हो म सल्बलिए कामरेड
साचै साचै आनौठो भएछ हजुरको देश
खैर म आएपुगे कामरेड

जहाँ हजुर को  देश नया   बिहानी  को पाईला  समाउदैछ
उता मेरो देश लपमस्त निन्द्रामा रमाउदैछ
हजुर बफे दिनर खादा मेरो देश भोक मारी मा झाँगिएको छ
कथ्यनरिदो जाडोमा पनि सरम लाग्दो नांगिएको छ
आभाब र उपेकछया ले मेरो देश नराम्री उदांगिएको छ
खैर म आएपुगे कामरेड


मैले सुनेको हजुरकै लागि मोबाईल  सेवा बदाईदैछ अरे
मुस्ताङका लागि भवनहरु धलाईदैछ अरे
उपचारका लागि बाहिये बिमान मागाईदैछ  अरे
अनि शिछयाका लागि ठुला ठुला भवनहरु ठदाईदैछ अरे

तर कामरेड
 मेरा देश बसीले न त मोबाईल देखका छन् 
न त लामा फाट जस्ता सडक देखेका छन् 
न त लोबै लाग्दा अस्पताल देखेका छन्      
 अनि सायदै कुनै डाक्टर भेटेका छन्

हो मेरो देश हजुर को भन्दा धेरै भिन्न छ
हजुरको देश विकासमा होमिदा  मेरो देश पिछदिएर खिन्न छ
साचै मेरो देश रासटका लागि रादो भएको  छ
अनि भ्रस्टका लागि मागी खाने भादो भएको छ   
यस्तै यस्तै छ मेरो देश
खैर म आएपुगे कामरेड

तर मैले आशा मारेको छैन कामरेड
कुनै दिन शिशिर र शरद को उडासिनता बिर्सेर
मेरो देश बसन्त मा प्रबेस गर्ने छ
अनि नलेखिएका पताहरु सोर्निम क्रान्ति ले भर्नेछ
तब त्यो दिन  मेरो देश हजुरको जस्तै बन्ने छ
यस्तै यस्तै बन्ने छ मेरो देश

No comments:

Post a Comment